• सोमवार, श्रावण ११ गते २०८३

तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

  • 2.2K
    SHARES

  • तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

    चितवन- तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

    मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् ।

    मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

    श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खाँणले बताए ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण १७ २०८०१०:३३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology