• सोमवार, श्रावण ११ गते २०८३

सिङ्गुस खाँदा गोरखाका ४ जना सहित ७ जना बिरामी

सिङ्गुस खाँदा गोरखाका ४ जना सहित ७ जना बिरामी

सिङ्गुस खाँदा गोरखाका ४ जना सहित ७ जना बिरामी

  • 2.4K
    SHARES

  • सिङ्गुस खाँदा गोरखाका ४ जना सहित ७ जना बिरामी

    मनाङ- हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा छ जना बिरामी परेका छन् । मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने छ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन् ।

    गोर्खाका सेते तामाङ, पहलमान थापा, दलबहादुर आले, गुन्जमान थापा, वनबहादुर आले, उदयपुरकी लीला तामाङ, धादिङका प्रेमबहादुर घले,  बिरामी परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । “सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ”, प्रहरी नायव उपरीक्षक भण्डारीले भन्नुभयो ।

    उहाँका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन् । सिङ्गुस खाएर ३५ देखि ४८ उमेर समूहको रहेको उहाँले बताउनुभयो ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण १७ २०८०१०:२२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology