• सोमवार, श्रावण ११ गते २०८३

काम गर्दै जानु बजेट थप्दै जान्छु : मन्त्री सुशिला सिंखडा

काम गर्दै जानु बजेट थप्दै जान्छु : मन्त्री सुशिला सिंखडा

काम गर्दै जानु बजेट थप्दै जान्छु : मन्त्री सुशिला सिंखडा

  • 2.5K
    SHARES

  • काम गर्दै जानु बजेट थप्दै जान्छु : मन्त्री सुशिला सिंखडा

    पोखरा- चालु आर्थिक वर्षमा बजेट थोरै आएको गुनासो आएको छ । तर गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मन्त्रालय अन्तरगर्तको कार्यालय र संस्थाका वार्षीक समिक्षा कार्यक्रमलाइ सम्बोधन गदै मन्त्री सुशिला सिंखडाले बजेट थोरै भएर कुनैपनि संस्था आत्तिनु नपर्ने बताइन ।

    उनले बजेट धेरै माग्ने तर काम थोरै गर्ने समस्या रहेको धारणा राख्दै पहिला भएको बजेट समयमा नै सक्ने गरेर काम गर्ने निर्देशन दिइन ।
    ‘बजेट थोरै भएर आत्तिनु पर्दैन ढुक्क भएर काम गर्नु,‘मन्त्री सिंखडाले भनिन्,‘कहाँबाट कसरी मागेर ल्याएर दिनुपर्छ बजेट ल्याएर म तपाइहरुलाइ दिन्छु ।’ कुनैपनि सार्वजानिक पदमा रहेको व्यक्तिले राजनैतिक गर्न नहुने बताइन ।

    गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय समिक्षा कार्यक्रमलाइ सम्बोधन गदै मन्त्री सिंखडा सामाजिक क्षेत्रमा काम गर्नेले राजनिती धेरै गरेको गुनासो आएको बताइन ।

    ‘विभिन्न संस्थामा बसेर राजनिती राजनैतिक गर्ने भए राजिनामा दिएर बाटो खाली गर्नुस,‘मन्त्री सिंखडाले भनिन,’ सबैले आफ्नो जिम्मेवारी पुरा गरेमा कुनैपनि समस्या नआउने, राजनिति गरेर संस्था नचल्ने उनको भनाइ छ ।

    उक्त कार्यक्रममा विभिन्न जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र सामाजिक संस्थाका प्रमुखले संस्थाको तर्फबाट बार्षिक प्रगति विवरण, समस्या सुनाएका थिए ।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण १८ २०८००८:२१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology