• आइतवार, आश्विन ४ गते २०८३

माओवादी बैठकको चौथो दिन : अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रम जारी

माओवादी बैठकको चौथो दिन : अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रम जारी

माओवादी बैठकको चौथो दिन : अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रम जारी

  • 2.2K
    SHARES

  • माओवादी बैठकको चौथो दिन : अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि धारणा राख्नेक्रम जारी

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठकको चौथो दिनको छलफल सुरु भएको छ।

    कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्।

    बुधबारदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म एक सय ४२ ले उक्त प्रस्तावमा आधारित रहेर धारणा राखेका छन्। शुक्रबार ६८ केन्द्रीय सदस्यले धारणा राखेका थिए।

    प्रत्येक केन्द्रीय सदस्यका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ। बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्यका साथै अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २० २०८००२:१३:३६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology