• सोमवार, श्रावण ११ गते २०८३

आजदेखि प्रहरी रिपोर्ट अनलाइनमार्फत्

आजदेखि प्रहरी रिपोर्ट अनलाइनमार्फत्

आजदेखि प्रहरी रिपोर्ट अनलाइनमार्फत्

  • 2.2K
    SHARES

  • आजदेखि प्रहरी रिपोर्ट अनलाइनमार्फत्

    काठमाडौं। आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ। परराष्ट्रमन्त्री एनपी साउदले आज बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ।

    अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको छ। अनलाई प्रमाणीकरण हुने भएपछि रिपोर्ट लिन सेवाग्राही स्वयं उपस्थित हुनु पर्ने बाध्यता अन्त्य हुने छ।

    राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन यो नियम लागु गर्न लागिएको हो।

    सामाजिकपत्र

    • आइतवार, श्रावण २१ २०८०१०:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology