• सोमवार, श्रावण ११ गते २०८३

कोशी सरकारमा जसपा सहभागी, निर्मला लिम्बू स्वास्थ्य मन्त्री

कोशी सरकारमा जसपा सहभागी, निर्मला लिम्बू स्वास्थ्य मन्त्री

कोशी सरकारमा जसपा सहभागी, निर्मला लिम्बू स्वास्थ्य मन्त्री

  • 2.2K
    SHARES

  • कोशी सरकारमा जसपा सहभागी, निर्मला लिम्बू स्वास्थ्य मन्त्री

    काठमाडौं। कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री उद्धव थापाले आज जनता समाजवादी पार्टी नेपालकी निर्मला तावा लिम्बूलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    नवनियुक्त मन्त्री लिम्बूको पद तथा गोपनियताको शपथ अहिले दिउँसो हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    मन्त्रीमा नियुक्त लिम्बू कोशीमा जसपाकी एकल सांसद हुन्। उनी यसअघि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमासमेत सोही मन्त्रालयको जिम्मेवारीमा थिइन्। तर गत फागुन १७ गते तत्कालिन प्रदेश नम्बर एकको नाम कोशी राखिएपछि असन्तुष्ट बनेर पदबाट राजीनामा दिएकी थिइन्।

    गठबन्धन दल कांग्रेसको तर्फबाट कोशीको मुख्यमन्त्री बनेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धता जनाएका छन्।

    उनीहरूको माग सम्बोधनका लागि मुख्यमन्त्री थापाले सार्वजनिक प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी भएको हो।

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण २६ २०८००३:२०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology