• सोमवार, श्रावण ११ गते २०८३

ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार छु : भट्टराई

ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार छु : भट्टराई

ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार छु : भट्टराई

  • 2.2K
    SHARES

  • ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार छु : भट्टराई

    रुपन्देही । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा बयान दिन तयार रहेको बताएका छन् ।

    शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सर्वोच्च अदालतले आफूमाथि पनि छानबिन गर्नुपर्ने आदेश दिएको विषयमा सहयोग गर्न तयार रहेको बताएका हुन् । आफ्नो नेतृत्वको पालामा व्यक्तिगत नभई मन्त्रिपरिषद्ले सानो निर्णय गरेको भन्दै उनले जस्तो सुकै अनुसन्धानका लागि तयार रहेको जिकिर गरे ।

    उनले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिनका लागि बलियो र निष्पक्ष आयोग गठन हुनुपर्ने बताए । उनले विगतका आयोगजस्तो नभई भ्रष्टाचारका सबै फाइल खोल्ने गरी उच्चस्तरीय आयोग गठनको आवश्यकता रहेको बताए । उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको अवस्थामा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्नु आवश्यक रहेको बताए ।

    त्यस्तै उनले सदनमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको बताए ।

     

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण २६ २०८००५:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology