• सोमवार, श्रावण ११ गते २०८३

अवरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

अवरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

अवरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

  • 2.3K
    SHARES

  • अवरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् ।

    संसद अवरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद खुलाउन पहलकदमी लिनु पर्ने बताएका हुन ।

    कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नु पर्ने बताएका छन ।

    ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने ।

    विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन् ।

    १०० केजी सुन प्रकरणमा भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान बिभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाई बाहिर आएको हो ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २७ २०८००१:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology