• आइतवार, आश्विन ४ गते २०८३

लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना हुँदा नौ जना घाइते

लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना हुँदा नौ जना घाइते

लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना हुँदा नौ जना घाइते

  • 2.5K
    SHARES

  • लमजुङको राइनास कटहरबारीमा जीप दुर्घटना हुँदा नौ जना घाइते

    लमजुङ– लमजुङको राइनास नगरपालिका–८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । 

    राइनास नगरपालिका–१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका–९ भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जीप शनिवार बिहान पौने ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो ।

    प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइतेमध्येका चालक सुन्दरबजार नगरपालिका–९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

    घाइते गुरुङको दायाँ हातमा चोट लागेको छ । बाँकी ८ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक रेग्मीले बताउनुभयो ।

    घाइतेहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय भोटेओडार अस्पतालमा लगेको थियो ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २७ २०८००२:२४:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology