• आइतवार, आश्विन ४ गते २०८३

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

  • 2.2K
    SHARES

  • सुन तस्करी प्रकरण : दुई चिनियाँ नागरिक रिहा

    काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो ।

    दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । उनले भने, “अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।”

    शुक्रबार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को जिम्मा लगाएको थियो ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २७ २०८००५:३३:३८
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology