• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौंमा बिहानैदेखि वर्षा, मौसमविद् भन्छन् : आज मौसम खुल्ने सम्भावना छैन

काठमाडौंमा बिहानैदेखि वर्षा, मौसमविद् भन्छन् : आज मौसम खुल्ने सम्भावना छैन

काठमाडौंमा बिहानैदेखि वर्षा, मौसमविद् भन्छन् : आज मौसम खुल्ने सम्भावना छैन

  • 2.1K
    SHARES

  • काठमाडौंमा बिहानैदेखि वर्षा, मौसमविद् भन्छन् : आज मौसम खुल्ने सम्भावना छैन

    काठमाडौँ- देशभरसँगै काठमाडौं उपत्यकामा पनि आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज काठमाडौं उपत्यकामा पनि मौसम खुल्ने सम्भावना छैन।

    ‘उपत्यकामा आज मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् गोविन्द झाले भने, ‘तर उपत्यकाका सबै ठाउँमा एकैनासको वर्षा हुँदैन, कतै हल्का त कतै मध्यम अनि कतै भारी वर्षा हुनसक्छ।’

    उनका अनुसार अहिले बिहान पनि विमानस्थल क्षेत्रतिर पानी रोकिएको छ भने उपत्यकाका कतै कतै पानी परिरहेको छ। ‘एकोहोरो झरी त हुँदैन’, मौसमविद् झाले भने, ‘तर एकछिन रोकिने, फेरि पर्ने, फेरि रोकिने, फेरि पर्ने क्रम दिनभर चल्ने सम्भावना छ।’

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८०११:३८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology