क्षेत्रीको छोरो यो पाउँ छुन्छ घिनले छुदैन मानिस ठुलो दिलले हुन्छ जातले हुदैन।
भन्ने श्लोक महाकवी लक्ष्मी प्रसाद देबकोटाको मुनामदन काब्यबाट लिईएको हो। बास्तबमा महाकबि देबकोटाको यो नारा अहिलेसम्म पनि उतिकै सान्दर्भिक र समय सापेक्षित छ। यतिबेला देशमा शामन्तबादी एकल राज्य ब्यबस्थाको अन्त्य भएर गणतन्त्रको स्थापना भएको छ।
जनताद्वारा निर्बाचित जनप्रतिनिधि द्वारा जनताको सॅबिधान घोषणा भएको छ। तर जनताका मुलभुत समस्या भने ज्युका त्युछन्। यसको मतलब के हो भने शासक बदलिएको छन। तर शासन पद्वति बदलिएको छैन। बरू उत्पिडनका स्वरूपहरू बदलिएका छन।
नेपाली समाजको पिधमा पारिएको दलित समुदायमाथी हुने गरेको दैनिक जसोको आक्रमणले राज्यसत्ताका शासकहरूको दलित समुदाय प्रतिको दृष्टिकोण के? भन्ने कुरा प्रष्ट भएको छ। नेपालको संबिधान २०७२ ले नेपाल राष्ट्रमा धर्मनिरपेक्षताको मुद्दा सॅस्थागत भएको छ।
तर हिन्दु बर्णाआश्रमबादी ब्यबस्थाको आफुलाई जननी ठान्ने धर्मका ठेकेदारहरू दलित समुदायमाथिको उत्पिडनलाई बैधानिकताको माग गरिरहेका छन।
पोखरा बाटुलेचौरका मोहन सुनारका भाई सम्मर बहादुर सुनारको अल्पआयुमै दुबईमा मृत्यु भएकाले बाटुलेचौरमा स्थानिय जनता र वडा कार्यलयको समेत लगानि रहेको क्रियापुत्री भवनमा बस्नको लागी छलफल गर्दा त्यहाका कथित उपल्लो जाति क्षेत्री समुदाका मानिसले दलित समुदायका मानिस बस्दा अछुतो हुने भन्दै बस्न नदिनुका साथै जातिय दुरब्याहबार गर्दै हातपात समेत गरे।
जातिय दुर्ब्याबहार सहन नसकेर मोहन सुनारले पिडकलाई कार्बाहि माग गर्दै किटानी जाहेरी दिए। तर प्रहरिले निबेदन लिन मानेन। दलित सॅघ-सड़गठन र दलित अधिकार कर्मीको बिरोध तथा दबाब पछि आरोपि राम ब जि सी र जनक थापा पक्राउ परे पनि लकडाउन छलेर वैशाख २४ गते पीडक पक्षले प्रदर्शन गरे ।
पीडक पक्षले ढुंगामुढा गरेपछि केही बेर प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । घटनापश्चात् बुधबार नै नेकपा कास्कीका अध्यक्ष एवं प्रदेश सभा सांसद कृष्ण थापाले ‘केही उच्छृंखल तत्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने, जातिवादी नेता, कार्यकर्ताको षड्यन्त्रले सदियौँदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको’ भनेर विज्ञप्ति निकाले ।
छुवाछुतको आरोपमा पक्राउ परेका रामबहादुर जिसी र जनक थापालाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको भन्दै विनासर्त रिहाइको माग गरे । उजुरीकर्ता मोहन नेकपाका जिल्ला सदस्य हुन् भने उनका विरुद्ध विज्ञप्ति जारी गर्ने कृष्ण थापा हाल नेकपाका जिल्ला अध्यक्ष छन् । पीडित मोहन सुनारले उजुरी फिर्ता गर्न थेगिनसक्नु दबाब आए पनि आफूले कुनै हालतमा फिर्ता नलिने बताएका छन् ।
त्यस्तै गुल्मी कालिगण्डकी गाउपालिका वडा नं ५ की वडा सदस्य कौशिला परियारको छोरा स्याम बहदुर परियार पानि परेर ओत लाग्नको लागी स्यानिय मगर समुदायको मानिसको घरमा बस्दा दलितले घर छोएर बिटुलो भन्दै गुटपिट गरिएको छ। भने ब्रामण लगाई घर चोखाउनको निम्ति स्थानिय भद्रभिलदमीको रोहबरमा १५ सय रूपैया तिराएर कार्बाही गरिएको छ।
यी उल्लेखित प्रतिनिधि घट्नाहरू मात्र हुन। समाजमा जति पनि छुवाछुतका घट्नाहरू घटेका छन। ति सबै घटनाहरू सार्बजनिक हुन सकेका छैनन। जति पनि सार्बजनिक भएका छन ति सबै पिडितहरूले न्याय पाउन सकेको अबस्था छैन।
किनकी हाम्रो समाजमा न्याय दिने निकाय र पिडक दुबै एउटै ब्रामहणबादी सस्क्रितिका पुजारी भएको हुदा दलित समुदायले न्याय नपाउनु बिडम्बनाको बिषय हो।
सयौ बर्ष देखि सनातन धर्म,संस्कार र परम्पराको नाममा उत्पिडन झेल्दै जिउनु पर्ने दलित समुदायको बिबसता बनेको छ। जबसम्म राज्यसत्ताम मनुबादी चिन्तन र चेतना भएका शासकहरूको राज चलिरहन्छ तब नेपालका उत्पिडित समुदायले मुक्ति नपाउने कुरा निश्चित छ।