• सोमवार, श्रावण ११ गते २०८३

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

  • 2.1K
    SHARES

  • सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति जरूरी : कांग्रेस सांसद पौडेल

    काठमाडौं- कांग्रेस सांसद प्रदीप पौडेलले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति जरुरी रहेको बताएका छन्।

    आइतबार कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सांसद् पौडेलले उक्त कुरा बताएका हुन्।

    उनले भने, ‘यो सियो आएको होइन, यो त एक क्विन्टल सुन आएको हो। अध्यागमन प्रशासन र प्रहरीको मिलेमतो नभए एयरपोर्टमा सुन छिर्न सक्ने कुरै हुँदैन। यसमा राजनीतिक नेतृत्व कति दोषी हो? त्यो अर्को कुरा थियो। तर यसमाथि छानबिनमा राजनीतिक नेतृत्वले देखाएको उदासीनता हेर्दा त्यसले पनि एउटा संकेत गरिरहेकै छ। अहिले त भरियामात्रै पक्राउ परिरहेका छन्। भारी बोकाउने को हुन्? तिनको सोधी खोजी किन भइरहेको छैन? यी प्रश्नहरू वास्तवमा जटिल छन्। त्यसकारण उच्चस्तरीय छानबिन समिति जरूरी छ।’

     

     

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८००७:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology