• सोमवार, श्रावण ११ गते २०८३

सुन प्रकरणबारे बयान दिन तयार छु : महरा

सुन प्रकरणबारे बयान दिन तयार छु : महरा

सुन प्रकरणबारे बयान दिन तयार छु : महरा

  • 1.8K
    SHARES

  • सुन प्रकरणबारे बयान दिन तयार छु : महरा

    काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणबारे सीआईबीमा नै पुगेर बयान दिन तयार रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा सुन प्रकरणमा महराको नाम जोडिएर आएका समाचारबारे कुरा उठेपछि उनले उनले आफू सीआईबीलाई बयान दिन तयार रहेको बताएका हुन् ।

    उनले भने, भ्रष्टाचारविरोधी पार्टीको अभियानमा मेरो पनि साथ छ । सुन प्रकरणमा मलाई अनावश्यक रुपमा जोडिएको छ। आवश्यक परे सीआईबीमा नै पुगेर बयान दिन तयार छु ।’

    बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्न महरालाई आग्रह गरेका थिए । उनले सुन प्रकरणमा माओवादीका नामबाट जोडिएका सबैमाथि छानबिन हुने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण २९ २०८०१०:४९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology