• सोमवार, श्रावण ११ गते २०८३

त्रिशूलीको बाढीले चरौंदी र हिक्लुङघाटका झोलुङ्गे पुलमा क्षति

त्रिशूलीको बाढीले चरौंदी र हिक्लुङघाटका झोलुङ्गे पुलमा क्षति

त्रिशूलीको बाढीले चरौंदी र हिक्लुङघाटका झोलुङ्गे पुलमा क्षति

  • 2.3K
    SHARES

  • त्रिशूलीको बाढीले चरौंदी र हिक्लुङघाटका झोलुङ्गे पुलमा क्षति

    काठमाडौं- त्रिशूली नदीमा आएको बाढीले गोरखा र धादिङका विभिन्न ठाउँ जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ।

    गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र धादिङको चरौंदी ७ जोड्ने त्रिशूलीको पुलमा क्षति पुर्‍याएको छ। बाढीले बगाएर ल्याएका काठ त्रिशूलीमाथिका पुलमा अड्किएका छन्।

    यस्तै गोरखाको गण्डकी गाउँपालिका ६ र धादिङको बेनिघाट रोराङ गाउँपालिका १० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि त्रिशूलीको बाढीले क्षति पुर्‍याएको स्थानीय बासिन्दाले बताएका छन्।

    त्रिशूलीमा गए राति ठूलो बाढी आएको थियो। गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिनाले बाढीले त्रिशूली नदी माथिका झोलुङ्गे पुललाई जोखिमपूर्ण बनाएकोले सजक रहन आग्रहसमेत गरेका छन्।

    सामाजिकपत्र

    • सोमवार, श्रावण २९ २०८०१०:५०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology