• सोमवार, श्रावण ११ गते २०८३

अन्य सेवा प्रदायकले हाम्रो पूर्वाधारमा क्षति पुर्‍याए : नेपाल टेलिकम

अन्य सेवा प्रदायकले हाम्रो पूर्वाधारमा क्षति पुर्‍याए : नेपाल टेलिकम

अन्य सेवा प्रदायकले हाम्रो पूर्वाधारमा क्षति पुर्‍याए : नेपाल टेलिकम

  • 2.2K
    SHARES

  • अन्य सेवा प्रदायकले हाम्रो पूर्वाधारमा क्षति पुर्‍याए : नेपाल टेलिकम

    काठमाडौँ- विगत केही समय यता आफ्ना पूर्वाधारहरूमा क्षति पुर्‍याउने कार्य निरन्तर रूपमा जारी रहेको नेपाल टेलिकमले जनाएको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्‍याइएको कम्पनीले जनाएको हो ।

    प्रवक्ता शोभन अधिकारीका अनुसार टेलिकमको टावरदेखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेको थियो । केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्‍याइएको थियो । 

    ‘सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरूले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो,’ अधिकारीले विज्ञप्तिमा भनेका छन्, ‘परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्‍याउने सहमति भएको छ ।’

    भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने चेतावनी टेलिकमले दिएको छ ।

     

    सामाजिकपत्र

    • सोमवार, श्रावण २९ २०८००५:०९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology