• सोमवार, श्रावण ११ गते २०८३

केशव स्थापितले छाडे एमाले

केशव स्थापितले छाडे एमाले

केशव स्थापितले छाडे एमाले

  • 2.0K
    SHARES

  • केशव स्थापितले छाडे एमाले

    काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट विदा लिएका छन्। एमालेको हिजो (सोमबार) बसेको सचिवालय बैठकले उनलाई विदा दिने निर्णय गरेको हो ।

    २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका स्थापितले आफूलाई अब आराम चाहिएको भन्दै पार्टीबाट विदा हुन निवेदन दिएका थिए ।

    २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पुनः मेयरमै मनोनीत भएका थिए।

    त्यसपछि एमाले छाडेर प्रजा परिषद् ब्युँताउन लागेका उनी एमाले विभाजन भएर बनेको अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा क्रियाशील भएका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट उम्मेदवारसमेत बनेका थिए।

    तत्पश्चात् एमाले फर्किएर काठमाडौं ६ बाटै प्रदेश सभा सदस्य निर्वाचित भएका उनी बागमती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए। पछि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलसँग विवाद भएपछि मन्त्री पदबाट हटाइएका थिए।

    सामाजिकपत्र

    • मंगलवार, श्रावण ३० २०८०११:३६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology