• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने, उतैबाट असोज ४ गते चीन जाने

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने, उतैबाट असोज ४ गते चीन जाने

प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने, उतैबाट असोज ४ गते चीन जाने

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाने, उतैबाट असोज ४ गते चीन जाने

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ ३० गते अमेरिका जाने भएका छन् । आज मङ्गलवार सम्पादकसँग बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भदौ ३० गते अमेरिका भर्मणमा जाने जानकारी दिएका हुन् ।

    प्रधानमन्त्रीले आफू भदौ ३० गते संयुक्त राष्ट्र सङ्घीय महासभामा सहभागी हुन अमेरिका जाने र त्यतैबाट असोज ४ गते चीन जाने जानकारी दिएका हुन् ।

    चीन भ्रमणका क्रममा केही महत्त्वपूर्ण सहयोग सम्झौता हुने पनि प्रधानमन्त्री प्रचण्ड जानकारी दिए। चीनको बीआरआई आयोजनाका बारेमा राखिएको एक जिज्ञासामा उनले नेपालसँग भएको बीआरआई सम्झौताको कार्यान्वयन आयोजनका बारेमा छलफल हुने र बीआरआई आयोजनाअन्तर्गत नेपालमा अनुदान सहयोगसम्बन्धी प्रस्ताव आफूले चीनसँग राख्ने पनि जानकारी दिए ।

    चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि द्विपक्षीय भेटवार्ता हुने प्रधानमन्त्री प्रचण्डले बताए।

     

     
     

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३१ २०८०१०:१३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology