• सोमवार, श्रावण ११ गते २०८३

‘संसद् विघटन गर्नेले नै चल्न दिएनन्’ - प्रधानमन्त्री प्रचण्ड

‘संसद् विघटन गर्नेले नै चल्न दिएनन्’ - प्रधानमन्त्री प्रचण्ड

‘संसद् विघटन गर्नेले नै चल्न दिएनन्’ - प्रधानमन्त्री प्रचण्ड

  • 2.3K
    SHARES

  • ‘संसद् विघटन गर्नेले नै चल्न दिएनन्’ - प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार भ्रष्टाचारविरुद्ध सक्रिय भएर लागे पनि संविधानलाई अल्मल्याउने (डिरेल) गतिविधि भइरहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले संसद् सुचारु गर्नका लागि प्रमुख दलहरूबीच पटकपटक प्रयास र सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गरे।

    ‘संविधानलाई डिरेल गर्ने, सरकार चल्न नदिने र यसलाई अन्यत्र लैजाने मनसायले काम गरेजस्तो देखिएको छ,’ दाहालले भने, ‘हिजो पटकपटक संसद् अवरुद्ध गरियो, आज संसद् चल्न दिइएको छैन।’

    हिजो संसद् विघटन हुँदा सडकबाट समेत त्यो संविधानअनुसार छैन भनेको उल्लेख गर्दै दाहालले अहिले संसद् चलाउन विपक्षीसँग प्रक्रियाबाट बाहिर गएर समेत सहमति गरेको बताए। संसद् चल्छ भनेर आफूले प्रमुख विपक्षी नेकपा एमालेसँग वार्ता गरे पनि उसले सहमति भंग भएको गुनासो दाहालको थियो।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूसहित भएर गरेको वार्ताअनुसार अहिलेसम्म विपक्षीलाई नदिइएका संसद्का तीन समितिका सभापतिमा समेत दिइएको जानकारी उनले दिए।

    ‘हामीले धेरै लचिलो भएर सम्झौता ग¥यौं संसद् खुल्छ भनेर तर खुलेन,’ उनले भने, ‘हिजोको विघटनको मानसिकता प्रकट भएको देखिएको छ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३१ २०८०१२:२३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology