• आइतवार, आश्विन ४ गते २०८३

प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • 2.2K
    SHARES

  • प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं- रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार अर्यालविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नं. ३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा ६ र ७ मा भएका विकासका कामहरुमा सो रकम भ्रष्टाचार गरेको आरोप लागेको हो ।

    तत्कालीन प्रशासकीय अधिकृत अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पवनकुमार अर्याललाई १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचारको आरोप छ ।

    आयोगका अनुसार वडा सचिव गुलाव यादवलाई दुई लाख रुपियाँ, तत्कालीन वडा अध्यक्ष नारायणबहादुर यादवलाई पाँच लाख, प्रोपाइटर विनोदबाबु तिवारीलाई ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनलाई तीन लाख ६० हजार र प्रोपाइटर अमरीश यादवविरुद्ध दुई लाख रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।

    आरोपितमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

     

     
     

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ३२ २०८००९:४९:५५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology