• सोमवार, श्रावण ११ गते २०८३

गाेरखामा बरामद भएकाे ‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा राखिने, संरक्षणकर्तालाई पुरस्कार दिइने

गाेरखामा बरामद भएकाे ‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा राखिने, संरक्षणकर्तालाई पुरस्कार दिइने

गाेरखामा बरामद भएकाे ‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा राखिने, संरक्षणकर्तालाई पुरस्कार दिइने

  • 2.4K
    SHARES

  • गाेरखामा बरामद भएकाे ‘टल्कने’ ढुङ्गा गोरखा दरबारमा राखिने, संरक्षणकर्तालाई पुरस्कार दिइने

    काठमाण्डाै – सरकारले गोरखामा एक व्यक्तिको घरमा फेला परेको ‘टल्किने’ ढुङ्गा 'क्वार्ज क्रिस्टल' गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ ।

    आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले 'क्वार्ज क्रिस्टल' गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । यस्तै बैठकले 'क्वार्ज क्रिस्टल' लाई अहिलेसम्म संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय पनि गरेको मन्त्री ज्वालाले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय गाेरखाले गोरखा नगरपालिका–७ सतिपिपलबाट गएकाे असार १४ गते याे ढुङ्गा बरामद गरेको थियो । लाखौँ रुपैयाँमा खरिद/बिक्रीका लागि मोलमोलाइ भइरहेको सूचनाका आधारमा प्रहरीले ढुङ्गा राखिएको घरमा छापा मारेर बरामद गरेकाे थियाे । ढुङ्गाबारे यकिन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयले खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेको थियो । प्रहरीले बरामद गरेकाे टल्कने ढुङ्गा 'क्वार्ज क्रिस्टल' रहेको खानी तथा भूगर्भ विभागले प्रमाणित गरेको थियाे ।

    आजै गाेरखा नगरपालिकाले ‘टल्किने’ ढुङ्गा गोरखा दरबार परिसरमा राख्ने व्यवस्था मिलाइदिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियाे ।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ३२ २०८०१०:१४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology