• आइतवार, आश्विन ४ गते २०८३

सुस्त मनस्थितीकी महिलालाई बलात्कारको आरोपमा गोरखामा एक युवा पक्राउ

सुस्त मनस्थितीकी महिलालाई बलात्कारको आरोपमा गोरखामा एक युवा पक्राउ

सुस्त मनस्थितीकी महिलालाई बलात्कारको आरोपमा गोरखामा एक युवा पक्राउ

  • 2.2K
    SHARES

  • सुस्त मनस्थितीकी महिलालाई बलात्कारको आरोपमा गोरखामा एक युवा पक्राउ

    गोरखा- सुस्त मनस्थितीको महिलालाई बलात्कार गरेको आरोपमा गोरखामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर १ घर भएका ३५ बर्षका राजेश सुवेदीले सोही ठाउँकी ‘सीता कुमारी’ (नाम परिवर्तन) लाई गएको साउन २६ गते शुक्रबार ललाई फकाई आफ्नै कोठामा लगेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ परेको सुवेदी बिरुद्द प्रहरीले जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी बुधबार गोरखा जिल्ला अदालतबाट अनुसन्धान लागि म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    पिडितका आमाले प्रहरीमा किटानी जाहेरी दिए पछी आरोपित सुवेदीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । आरोपितलाई म्याद थप गराई प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ३२ २०८००३:४४:२०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology