• सोमवार, श्रावण ११ गते २०८३

ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट डराउँदिनँ : गृहमन्त्री श्रेष्ठ

ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट डराउँदिनँ : गृहमन्त्री श्रेष्ठ

ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट डराउँदिनँ : गृहमन्त्री श्रेष्ठ

  • 2.0K
    SHARES

  • ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट डराउँदिनँ : गृहमन्त्री श्रेष्ठ

    गोरखा- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् ।

    शुक्रबार बिहान अजिरकोट गाउँपालिका भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट आफू नडराउने बताएका हुन् ।

    उनले अप्ठ्यारोमा पार्न खोजे बरु आफूले सरकार छाड्ने बताए । ‘ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरूको धम्कीबाट डराउँदिनँ । अप्ठ्यारोमा पार्न खोजे बरु सरकार छाड्छु । सुशासनको अभियान कुनै हालतमा रोकिँदैन,’ उनले भने ।

    गृहमन्त्री श्रेष्ठले सरकार र मन्त्रीलाई घेराबन्दीमा पार्छौं भनेर नसोच्न पनि चेतावनी दिए । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौँ भनेर कसैले नसोचे हुन्छ । हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौँ । जुन दिनसम्म सरकारमा रहन्छौँ, यो सुशासनको अभियान रोकिँदैन,’ उनले भने ।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र १ २०८०१२:५७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology