• सोमवार, श्रावण ११ गते २०८३

गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

  • 2.0K
    SHARES

  • गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

    काठमाण्डाै - गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आशिंक बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाण्डौ उपत्यकामा दिउँसोपछि पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभरको मौसम बदली रहने अनुमान छ । पहाडी केही ठाउँ र बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान छ ।

    त्यस्तै, पर्सि सोमवार देशका विभिन्न भागमा आज र भोलिको तुलनामा अलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । 

    सामाजिकपत्र

    • शनिवार, भाद्र २ २०८००८:१२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology