• सोमवार, श्रावण ११ गते २०८३

भीषण बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत सुरु

भीषण बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत सुरु

भीषण बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत सुरु

  • 1.9K
    SHARES

  • भीषण बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत सुरु

    गोरखा - त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ ।

    गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङगाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

    बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ । गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए ।

    त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ध्याल्चोक र धादिङको बेनिघाट रोराङगाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

    बाढीले हिक्लुङघाटमाथिको झोलुङ्गे पुलको ट्रस नै भत्काएको थियो भने धवादीघाट माथिको झोलुङ्गे पुलको लठ्ठा बाढीले छिनाएर क्षति पुर्‍याएको थियो ।

    बाढीले पुलमा क्षति पुर्‍याएपछि गण्डकी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिका बासिन्दालाई आउजाउ गर्न समस्या हुँदै आएको छ ।

    झोलुङ्गे पुल भत्किएपछि विद्यार्थीलाई विद्यालय आउन जानसमेत पाएका छैनन् ।

    सामाजिकपत्र

    • शनिवार, भाद्र २ २०८००८:२४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology