• आइतवार, आश्विन ४ गते २०८३

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

  • 2.1K
    SHARES

  • धादिङमा बस दुर्घटना हुँदा २६ घाइते, तीनको अवस्था गम्भीर

    मलेखु (धादिङ)। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन्।

    तुलसीपुर दाङबाट काठमाडौंतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो।

    बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

    अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

    प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी-३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए।

     

    सामाजिकपत्र

    • शनिवार, भाद्र २ २०८००९:२०:४५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology