• सोमवार, श्रावण ११ गते २०८३

पोलिटब्यूरो बैठकमा माधव नेपालको चेतावनी- सरकारको भ्रष्टाचार विरोधी अभियानमा निर्दोष नफसोस्

पोलिटब्यूरो बैठकमा माधव नेपालको चेतावनी- सरकारको भ्रष्टाचार विरोधी अभियानमा निर्दोष नफसोस्

पोलिटब्यूरो बैठकमा माधव नेपालको चेतावनी- सरकारको भ्रष्टाचार विरोधी अभियानमा निर्दोष नफसोस्

  • 2.2K
    SHARES

  • पोलिटब्यूरो बैठकमा माधव नेपालको चेतावनी- सरकारको भ्रष्टाचार विरोधी अभियानमा निर्दोष नफसोस्

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल भएको थियो । बैठकको पहिलो दिन २६ जना पोलिटब्यूरो सदस्यहरुले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

    बैठकको सुरुमै पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्दै गम्भीर चूनौतिको सामना गर्न तयार भएर नयाँ पार्टी बनाएको र कम्युनिष्ट धारको उत्तम बिकल्प भएको बताएका थिए।

    भ्रष्टचार नियन्त्रणका लािग सरकारको कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको उपमहासचिव खतिवडाले बताए।

    त्यस्तै अध्यक्ष नेपालले निर्दोष कोही नफस्ने र दोषी कोहि पनि नछुटोस भन्ने भावनाले काम गर्न आह्वान गरेको  खतिवडाले जानकारी दिए।

    पोलिटब्यूरो बैठक सोमबार समापन हुने उहाले बताए । भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ ।

    सामाजिकपत्र

    • आइतवार, भाद्र ३ २०८००७:०६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology