• आइतवार, आश्विन ४ गते २०८३

एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई

एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई

एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई

  • 2.4K
    SHARES

  • एमाले सम्पूर्ण संसदीय प्रक्रियामा सक्रिय हुन्छ : सचिव भट्टराई

    काठमाडौं। नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले संसदीय प्रक्रियामा आफ्नो पार्टी सक्रियरूपमा सहभागी हुने विश्वास व्यक्त गरेका छन्।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले एमाले पार्टीले संसद् अवरोध गर्‍यो भनेर हल्ला फिँजाइएको भन्दै सम्पूर्ण संसदीय प्रक्रियामा एमालेले नियमितरूपमा भाग लिने विश्वास व्यक्त गरे।

    ‘प्रतिनिधिसभा हाम्रा लागि प्रिय छ। हाम्रो आवाज उठाउन नदिएपछि संसद्को बैठक बस्न नसकेको हो। अवरुद्ध संसद् खुलाउन आज प्रधानमन्त्रीज्यूले जुन पहल लिनुभयो। संसद्मा प्रतिपक्षी दलका नेता, नेपाली कांग्रेसका सभापतिलगायतका अन्य दलका नेताले संसद्को भूमिका र गरिमा जोगाउन भूमिका खेल्नुभयो, म उहाँहरूको प्रशंसा गर्न चाहन्छु,’ उनले भने।

    सचिव भट्टराईले संसद्को गतिविधि अगाडि बढाएर थाँती रहेका विधेयक पारित गराउनेतर्फ सबै राजनीतिक दल जिम्मेबार बन्नुपर्नेमा जोड दिए। उनले विधेयक प्रक्रिया अगाडि बढाउन पनि सरकारलाई अनुरोध गरे।

    एमाले सचिव भट्टराईले काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस आज त्रिशूली नदीमा दुर्घटनाग्रस्त हुँदा दर्जन बढी व्यक्तिको निधन भएको तथा गएको साउन महिनामा देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट दर्जनौं संख्यामा नेपालीको निधन भएको भन्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

    एमालेले राज्यका कुनै पनि निकायप्रति अविश्वास गर्दैन भन्दै उनले तर घटनामा जोडिएका ठूला दोषी व्यक्तिलाई पक्राउ गर्न नसकिएकोप्रति एमालेलाई शंका लागेर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको स्पष्ट पारे।

    सामाजिकपत्र

    • बिहिवार, भाद्र ७ २०८०१०:४२:०१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology