• सोमवार, श्रावण ११ गते २०८३

केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौंः प्रमुख दाहाल

केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौंः प्रमुख दाहाल

केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौंः प्रमुख दाहाल

  • 2.6K
    SHARES

  • केन्द्रीय बस ट्रमिनललाई नमुना बस पार्कका रुपमा विकास गर्छौंः प्रमुख दाहाल

    चितवन। भरतपुर वडा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनल भरतपुरलाई नमुना बस पार्कको रुपमा विकास गरिने बताएकी छिन्।

    भरतपुर-९ मा रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले अहिले धमाधम स्तरोन्नतिको कार्य भईरहेको जानकारी दिइन्।

    बस पार्क हरियाली बनाउन वृक्षरोपण, सरसफाई, मर्मत सम्भारलगायतका कार्य भईरहेको प्रमुख दाहालले बताइन्।

    सघन सहरी विकास मन्त्रालयबाट रु १० करोड र भरतपुर महानगरपालिकाले छुट्टै लगानी गरी बस पार्कलाई नमुना बनाउनेतर्फ केन्द्रित रहेको उल्लेख गर्दै
    बस पार्कको रंग रोगन, कालो पत्र, हरियाली गराउने कामसँगै सरसफाईको कामलाई एक साथ अगाडि बढाईएको जानकारी दिइन्।

    जिम्मेवारी पूर्ण ढङ्गबाट दैनिक बास पार्कको नियमन गरे गर्व गर्न लायक बस पार्कको रुपमा परिचित गराउन सकिने धारणा पनि राखिन्।

    महानगरको हरेक विकास निर्माणमा सक्रिय टोल विका संस्था र महिला समूहलाई जोडिएर काम गर्न आह्वान पनि गरिन्।नमुना बस पार्क निर्माणका लागि नियमित अनुगमन र सरसफाई गर्नुपर्ने उनको भनाई छ।

    विभिन्न सामाजिक कार्यमा अग्रसर मिलन सचेतना महिला समूहले शनिबार एक कार्यक्रमका बीच भवन निर्माण गर्ने दातालाई सम्मान गरेको छ।

    करिब १९५ जना सेयर सदस्य रहेको संस्थाको भवन निर्माण गर्न भरतपुर महानगरपालिका, वडा नं ९ तथा स्थानीय दानवीरहरुको सहयोग भएको अध्यक्ष लक्ष्मी सापकोटा कँडेलले जानकारी दिए।

    संस्थाले ३० कठ्ठामा फुल खेती गरेको छ भने ८ कठ्ठामा बेसार खेती गरेको जनाएको छ।

     

    सामाजिकपत्र

    • शनिवार, भाद्र ९ २०८००६:५५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology