• आइतवार, आश्विन ४ गते २०८३

वरिष्ठ कलाकार सानु ताम्राकारको निधन

वरिष्ठ कलाकार सानु ताम्राकारको निधन

वरिष्ठ कलाकार सानु ताम्राकारको निधन

  • 3.1K
    SHARES

  • वरिष्ठ कलाकार सानु ताम्राकारको निधन
    काठमाडौं। वरिष्ठ कलाकार सानु ताम्राकारको उपचारको क्रममा निधन भएको छ। ताम्राकारको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए।

    गत असारमा छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो। उनी साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए।

    निरौलाका अनुसार आईसीयूमा भर्ना भएका ताम्राकारको पछिल्लो समय किड्नीमा समेत समस्या देखिएको थियो। अध्यक्ष निरौलाले ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको बताएका छन्। ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए।

    उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका थिए।

    सामाजिकपत्र

    • शनिवार, भाद्र ९ २०८००६:५७:४३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology