• सोमवार, श्रावण ११ गते २०८३

सरकारका कामलाई जनतामा स्थापित गरौं : प्रधानमन्त्री

सरकारका कामलाई जनतामा स्थापित गरौं : प्रधानमन्त्री

सरकारका कामलाई जनतामा स्थापित गरौं : प्रधानमन्त्री

  • 2.2K
    SHARES

  • सरकारका कामलाई जनतामा स्थापित गरौं : प्रधानमन्त्री

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गरे।

    नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरे। प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन्। उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्। त्यसलाई चिर्न बुद्धिजीवी संगठनले भूमिका खेल्नुपर्छ।’

    उनले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे। साथै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य एवं दाङ जिल्ला संयोजक वीरेन्द्र विक नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छन्। उनलाई एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा समाहित गराएका हुन्।

    अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, स्थायी समिति सदस्य रेखा शर्मा, केन्द्रीय समिति सदस्य हेमराज शर्मा लगायतले विकलाई खादा र अबिर लगाएर स्वागत गरेका थिए। सो क्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए। विगतमा सँगै रहेका केही कमरेडहरू अहिले फरक धारमा रहे पनि अबको समाजवादी क्रान्तिमा एक भएर अघि बढ्नुपर्ने उनले बताए।

    जनयुद्धकालमा समर्थकको भूमिकामा रही विसं २०६२ देखि राजनीतिमा लागेका विक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट युवा जनस्वयंसेवक नेपालको वरिष्ठ केन्द्रीय उपाध्यक्ष पनि रहेका छन्। गत वैशाखमा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता हुँदा विक नेकपा बहुमतकोतर्फबाट ३१ जिल्ला सदस्यसहित नेतृत्व गर्दै एकतापछि जिल्ला संयोजक बनेका थिए। -रासस

    सामाजिकपत्र

    • आइतवार, भाद्र १० २०८००४:२५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology