• सोमवार, श्रावण ११ गते २०८३

उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटेपछि कर्मचारीहरुले गरे नगरपालिकामा तालाबन्दी

उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटेपछि कर्मचारीहरुले गरे नगरपालिकामा तालाबन्दी

उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटेपछि कर्मचारीहरुले गरे नगरपालिकामा तालाबन्दी

  • 2.4K
    SHARES

  • उपमेयरले शिक्षा शाखा प्रमुखलाई कुटेपछि कर्मचारीहरुले गरे नगरपालिकामा तालाबन्दी

    काठमाडौं- रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । शिक्षक छनोटको विषयलाई लिएर नगर उपप्रमुख विमलकुमार पुनले नगरपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र वलीमाथि हातपात तथा दुव्र्यवहार गरेको कर्मचारीहरुको आरोप छ ।

    कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेर मूल गेटमा नै धर्ना दिएका थिए । तालाबन्दीका कारण आज नगरपालिकाको काम कारबाही ठप्प भएको थियो ।

    भदौ ९ गते त्रिभुवन जनता माध्यामिक विद्यालयका लागि माध्यामिक तहको कार्यालय संचालन तथा लेखा विषयमा शिक्षक पदपूर्तिको लागि लिखित तथा मौखिक परिक्षा सञ्चालनको पूर्व तयारीका क्रममा शिक्षक पदपूर्तिको विषयलाई नगरपालिका शिक्षा शाखा प्रमुख वलीलाई हातपात गरेका थिए ।

    कर्मचारीहरुले विभिन्न ७ बुँदे मागहरु राख्दै तालाबन्दी गरेका हुन् । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने, कर्मचारीलाई भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउनु पर्ने, कर्मचारीहरुले गल्ती कमजोरी गरेमा नियमानुसार कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

    जनप्रतिनिधिले आफैं नियामावली, कानुन बनाउने र कार्यान्वयनको समयमा कमर्चारीहरुलाई दोषी देखाई आफू पन्छिन खोज्ने प्रवृति रहेको कर्मचारीहरुको भनाई छ । कर्मचारीहरुलाई दोषी देखाएर आफू पन्छिने काम आगामी दिनमा अन्त्य हुनुपर्ने कर्मचारीहरुको माग छ ।

    जनप्रतिनिधि र कर्मचारीबीच एक अर्काले काममा हस्तक्षेप गर्न नहुने उनीहरुको माग छ । घटनाको छानविनका लागि समिति गठन गरिनुपर्ने उनीहरुको माग छ ।

    सामाजिकपत्र

    • आइतवार, भाद्र १० २०८००७:१४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology