• सोमवार, श्रावण ११ गते २०८३

दार्चुलामा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

दार्चुलामा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

दार्चुलामा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

  • 2.1K
    SHARES

  • दार्चुलामा मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी महिलाको मृत्यु

    दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आगाे लगाएकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

    गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

    आइतबार विहान करिब ११ बजेतिर जिल्लाको शैल्यशिखर नगरपालिका-५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

    घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो । आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए । साउँदले शरीरमा किन आगो लगाइन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सामाजिकपत्र

    • सोमवार, भाद्र ११ २०८००८:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology