• सोमवार, श्रावण ११ गते २०८३

तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

  • 2.6K
    SHARES

  • तनहुँमा गाई काटेको आरोपमा ३ जना पक्राउ

    दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कमलबोटमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जना रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

    शनिबार साँझ गाई काटी मासु भाग लगाई रहेको अवस्थमा प्रहरीले उक्त ब्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ ।

    नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचना स्थानिले दिए पछि ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीहरुको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

    सामाजिकपत्र

    • सोमवार, भाद्र ११ २०८००५:४७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology