• सोमवार, श्रावण ११ गते २०८३

गोरखा मनकामना मन्दिरको फोहोर व्यवस्थापन गर्न डस्टविन सहयोग

गोरखा मनकामना मन्दिरको फोहोर व्यवस्थापन गर्न डस्टविन सहयोग

गोरखा मनकामना मन्दिरको फोहोर व्यवस्थापन गर्न डस्टविन सहयोग

  • 2.5K
    SHARES

  • गोरखा मनकामना मन्दिरको फोहोर व्यवस्थापन गर्न डस्टविन सहयोग

    गोरखा- गोरखा जिल्लाकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिषर्मा हुने फोहोर व्यवस्थापनका लागि मनकामना क्षेत्र विकास समितिलाई डस्टविन सहयोग प्रदान गरिएको गरिएको छ । लायन्स क्लब अफ मनकामनाले मन्दिर परिषर्मा निस्कने फोहोरको उचित व्यवस्थापनका लागि मनकामना क्षेत्र बिकास समितिलाई डस्टविन प्रदान गरिएको क्लबका अध्यक्ष मनोज जोसीले जानकारी दिनुभयो ।

    ‘मन्दिरमा पुजाआजाका लागि आउने भक्तजनहरुले ल्याउन फुल प्रसाद लगायतका अन्य सामग्री फोहोर रुपमा यत्रतत्र फाल्दा मन्दिरको सौन्र्दयता बिग्रदै जान्छ, उहाँले भन्नुभयो, ‘मन्दिर परिषर प्रदुसित हुन नदिन र परिषर क्षेत्रमा निस्कने फोहोर व्यवस्थापनका लागि १० थान डस्टविन क्षेत्र बिकासलाई प्रदान गरिएको हो ।’

    क्लबले प्रदान गरेको डस्टविन मध्ये ५ वटामा कहिने फोहोर ५ वटामा नकुहिने फोहोर संकलन गरेर व्यवस्थापन गर्न सकिने अध्यक्ष जोसीको भनाई छ ।

    क्लबका डिस्ट्रिक ३२५ एल आइपिडिजी लायन मणिरत्न शाक्यले मनकामना क्षेत्र विकास समितिलाई उपलब्ध गराउनु भएको डस्टविन क्लबले आफने सामाजिक दायित्व अन्तरगत सोमवार वितरण गरेको जनाएको छ ।

    सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल रहेको क्लवले यसअघि मनकामनामा रक्तदान कार्यक्रमका साथै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो । प्रसिद्ध धार्मिकस्थल मनकामना क्षेत्रको फोहोर व्यवस्थापनका लागी सहिद लखन गाउँपालिकाले गुरु योजना नै निर्माण गरेर काम गर्दै आएको छ ।

    सामाजिकपत्र

    • बुधवार, भाद्र १३ २०८०१०:३३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology