• आइतवार, आश्विन ४ गते २०८३

लुटिएको सुनको मुन्द्रासहित २ जना पक्राउ

लुटिएको सुनको मुन्द्रासहित २ जना पक्राउ

लुटिएको सुनको मुन्द्रासहित २ जना पक्राउ

  • 2.5K
    SHARES

  • लुटिएको सुनको मुन्द्रासहित २ जना पक्राउ

    काठमाडौं। लुटिएको करिब आधा तोला सुनको मुन्द्रासहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका- १३ घर भएका राजन लामा र उदयपुर घर भएका अमिष भुजेल रहेका छन्।

    प्रहरीले २ थान सुनको मुन्द्रासहित उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो। चन्द्रागिरि नगरपालिका- १५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरुषले कानमा लगाएको उक्त मुन्द्रा ढुंगेअड्डास्थित सडकबाट लुटिएको प्रहरीले जनाएको छ।

    कानमा लगाएको मुन्द्रा लुटिएको सूचना प्राप्त भए लगतै प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र १५ २०८००१:५९:३६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology