डोल्पा। १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरञ्जीवी बोहरालाई पक्राउ गरेको हो।
प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको प्रहरीले बिहीबार दिउँसो उनलाई पक्राउ गरेको थियो। बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।