• सोमवार, श्रावण ११ गते २०८३

एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

  • 2.7K
    SHARES

  • एसिया कप : आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं। पाकिस्तान र श्रीलंकामा जारी एसिया कपमा क्रिकेट प्रतियोगीतामा आज विश्व क्रिकेटका दुइ चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान विच प्रतिस्पर्धा हुँदैछ।

    यो खेल श्रीलंकाको क्यान्डिस्थित पालेकेले अन्तराष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ। भारतविरुद्ध खेल्न पाकिस्तानले नेपालसॅंग खेलेका खेलाडीलाई निरन्तरता दिँदै टोली तयार पारेको छ।

    एक खेल खेलिसकेको पाकिस्तान तालिकाको शिर्ष स्थानमा छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाइ २ सय ३८ रनले हराएको हुदा भारत विरुद्ध जित निकाले पाकिस्तान सुपर फोरमा पुग्नेछ । भारतको भने यो समुहको पहिलो खेल हो।

    केन्डीमा आज वर्षा हुने पूर्वानुमान गरिएकाले भारत र पाकिस्तान बीचको खेल प्रभावित हुनसक्ने देखिएको छ।

    हेड टु हेडका आधारमा भारत र पाकिस्तान वीच १३ पटक भेट हुदा भारतले ७ पटक र पाकिस्तानले ५ पटक जित निकालेका छन् । एक खेल भने विना नतिजा रोकिएको थियो। समूह ए को भारतले दोस्रो खेलमा नेपालसंग सोमबार खेल्नेछ।

    सामाजिकपत्र

    • शनिवार, भाद्र १६ २०८००९:३७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology