• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौंमा बसले अन्य गाडीलाई ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौंमा बसले अन्य गाडीलाई ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

काठमाडौंमा बसले अन्य गाडीलाई ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

  • 2.4K
    SHARES

  • काठमाडौंमा बसले अन्य गाडीलाई ठक्कर दिँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

    काठमाडौं। काठमाडौंको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बसले अन्य गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

    बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

    घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    सामाजिकपत्र

    • आइतवार, भाद्र १७ २०८०१०:२३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology