• आइतवार, आश्विन ४ गते २०८३

पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

  • 2.4K
    SHARES

  • पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको गाडी रोकिएको भन्दै सरकारप्रति आक्रोश पोखेका छन्।शनिबार राती सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै मेयर साहले अबका दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्।

    सरकालाई ‘चोर’ को संज्ञा दिँदै उनले आगामी दिनमा महानगरपालिकाका गाडी रोकिए सिंहदरबारमा आगो लाईदिने भन्दै सरकारलाई याद राख्न चेतावनी दिएका छन्।

    ट्राफिक प्रहरी स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालकुमारीबाट कोटेश्वरतिर सरकारी नम्बर प्लेटको गाडी तीव्र रफ्तारमा आएको थियो।ड्युटीमा रहेका ट्राफिक प्रहरीले रोक्दै ‘बिदाको दिन सरकारी गाडी चलाउने अनुमति पत्र बोक्नु भएको छ?’ भन्दै सोधखोज गरेका थिए। त्यसैको झोंकमा उनले सामाजिक सञ्जालमा यस्तो स्टाट्स लेखेका हुन्।

     

    सामाजिकपत्र

    • आइतवार, भाद्र १७ २०८०१०:२६:३४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology