• सोमवार, श्रावण ११ गते २०८३

एमसीसीको अनुगमन गर्न नेकपा एसले गठन गर्‍यो पाँच सदस्यीय समिति

एमसीसीको अनुगमन गर्न नेकपा एसले गठन गर्‍यो पाँच सदस्यीय समिति

एमसीसीको अनुगमन गर्न नेकपा एसले गठन गर्‍यो पाँच सदस्यीय समिति

  • 2.4K
    SHARES

  • एमसीसीको अनुगमन गर्न नेकपा एसले गठन गर्‍यो पाँच सदस्यीय समिति

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनका क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा वेवास्ता गर्न खोजिएको भन्दै व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

    व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनायो कि बनाएन भनेर अनुगमन गर्न पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव गरिमा शाह र एकजना विषयविज्ञ रहने छन् ।

    त्यस्तै बैठकले एमसीसी अनुगमनका लागि संसदीय समिति बनाउनका पहल गर्ने निर्णय गरेको उहाले बताउनुभयो । संयुक्त महासभा र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गर्ने छलफल र एजेण्डाबारेमा पार्टीका तर्फबाट आधिकारिक रुपमा छलफल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए ।

    बैठकमा १० औं राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

     

    सामाजिकपत्र

    • सोमवार, भाद्र १८ २०८००९:१२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology