• आइतवार, आश्विन ४ गते २०८३

घुस लिएको अभियोगमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध मुद्दा दायर

घुस लिएको अभियोगमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध मुद्दा दायर

  • 3.0K
    SHARES

  • घुस लिएको अभियोगमा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षविरुद्ध मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग रु दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते उनलाई पक्राउ गरेको थियो ।

    आयोगको टोलीले यादवसँग थप रु तीन लाख बराबरको चेक समेत बरामद गरेको थियो । सो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल यादव र एमआई एस अपरेटर वीरेन्द्रकुमार यादवको मिलेमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनालाई रु पाँच लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    सामाजिकपत्र

    • मंगलवार, भाद्र १९ २०८००६:५१:०२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology