महिला उद्यमशीलता समाज नेपालले २० भाद्र २०८० का दिन मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सत्रौ राष्ट्रिय दिवस सम्पन्न गरेको छ । यस संस्थाले मानव बेचबिखनबाट प्रभावित, हिंसामा परेका र उच्च जोखिममा रहेका महिलाहरुलाई रोजगारी सिर्जना, व्यवसायिक तथा पेशागत सीप प्रदान गरी प्रभावितहरुको सफल पारिवारिक पुर्नएकीकरण र सामाजिक पुनस्र्थापनामा सहायता गर्ने कार्यको शुरुवात गरेको छ ।
जन चेतना र उद्यमशीलता विकास मार्फत मानव बेचबिखन बिरुद्धको लडाइ लड्ने अभियानमा महिला उद्यमशीलता समाज नेपालको स्थापना भएको हो ।
‘सामाजिक न्याय र आर्थिक सशक्तीकरणः मानव बेचबिखनको निर्मूलन’ भन्ने मूल नाराको साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील सघं संस्था र सामाजिक अभियान्ताहरुको साथ काठमाडौंको भृकुटि मन्डपबाट ¥याली शुरुवात गरी प्लयाकार्ड सहित पुतली सडक हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादिमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्रालयद्धारा आयोजित मूलसमारोह कार्यक्रममा सहभागी भइ कार्यक्रम सम्पन्न गरेको छ ।
सस्थाका सचिव श्री प्रविना देवकोटाले आगामी दिनमा मानव बेचबिखनको न्यूनीकरणको लागि चेतना तथा रोजगारीमुलक कार्यक्रम सञ्चालन गरी प्रभावितहरुको सामाजिक रुपमा सम्मानपूर्ण, आर्थिक रुपमा सशक्त, व्यक्तिगत रुपमा आत्मनिर्भर जीवनको लागि संस्था निरन्तर कार्य गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।