• सोमवार, श्रावण ११ गते २०८३

हिंड माया हिंड, टिकट काट्ने म छदैछु, जाने भए हिंड

हिंड माया हिंड, टिकट काट्ने म छदैछु, जाने भए हिंड

हिंड माया हिंड, टिकट काट्ने म छदैछु, जाने भए हिंड

  • 11.1K
    SHARES

  • हिंड माया हिंड, टिकट काट्ने म छदैछु, जाने भए हिंड

    हिंड माया हिंड टिकट काट्ने म छदैछु जाने भए हिंडको म्यूजिक भिडियोले परिवारमा भएको आर्थिक अभाव र जनचेतनाको कमीको कारण खाडी मुलुक र अन्य देशहरु घुम्न पाउने लोभ र प्रलोभन देखाउदै, फ्रि अनि पैसा पर्दैन भन्दै बिदेश गएपछि कर्म र भबिष्य दुवै सुध्रने भनी भिजिट भिजाको प्रबन्ध मिलाएर बाह्य रुपमा हुने मानव बेचबिखन र मानव तस्करीको घटनाहरुलाई सरल ढङ्गवाट प्रस्तुत गर्री लोभ र लालचमा नफस्न अनि जीवनमा आउनसक्ने संभावित यौन शोषण, दुरव्यवहार र बेचबिखनको घटनाबाट बच्नको लागि आग्रह गरेको छ ।

    एउटी महिलाको घरपरिवारको आर्थिक अवस्थाको कमजोरीको फाइदा उठाउंदै टिकटको बन्दोबस्त गर्दै बिदेशको प्रलोभनमा पार्न खोज्दा अर्की महिलाले तिमी घर फर्की हिड तिम्रो टिकटको व्यवस्था म आफै गरिदिन्छु भनि महिलाहरुको समस्या समाधान गर्न महिलाहरुनै सक्षम रहेको सन्देश प्रवाह गरेको छ । महिलाहरु माथि मायाजालको फुंदा बुनेर प्रेममा हुरुक्क्mै भएको नाटक गर्ने, सुनौलो सपनाहरु बाँड्ने, झुटो कसमहरु खाने र सितैमा माया दिएको बहानामा सजिलै फसाउन सक्ने तर्फ संकेत गर्दै समाजमा सबै मान्छे राम्रा नहुन सक्छन्, केहि मान्छेहरु आफ्नो स्वार्थ पूर्ति गर्न जे गर्न पनि तयार हुन सक्ने र त्यस्ता व्यक्तिहरुवाट सतर्क रहन आग्रह गरिएको छ ।

    एउटी महिला जसले माया जालको लोलोपोतोलाई वास्ता नगरी स्वदेशमै ठेलामा व्यापार व्यवशाय गर्दै गर्दा आन्तरिक बेचबिखनको फन्दामा परेकी एक महिलालाई नेपाल प्रहरीको सहयोगमा उद्धार गर्नुले मानव बेचबिखन नियन्त्रणको लागि जो कोहिको पनि ध्यानाकार्षण गरेको देखिन्छ । गीत तथा भिडियोमा लोलोपोतो घस्दैमा हुन्न मन दिन भन्दै मायाको बहाना बिछ्याउने पुरुष वा जो कोहिलाइ पनि विश्वास नगर्न, अन्जानमा भएको माया प्रेममा समर्पित नहुन अनि मोबाइलमा साथी भन्नुको तात्पर्य सामाजिक सञ्जालको दुरुपयोग गरी फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, मेसेन्जर, लिङ्क्डइन आदी बाट नचिनेका ब्यक्तिहरुलाई साथी नबनाउन आग्रह गरिएको छ किनकी सामाजिक सञ्जालको दुरुपयोगबाट साइबर क्राइमका घटनाहरूमा बृद्धि हुुदै गएको यथार्थ छ ।

    महिलाहरुमाथि दलालहरुले आफ्नो स्वार्थ पूति नभएसम्म मायाको जालो फिजाइरहने, जव आफ्नो स्वार्थ पूर्ति हून्छ तव त्यो जालो र स्वार्थी मायाको कुनै मूल्य र अर्थ नरहेको तर एउटी निश्वार्थ महिला कसरी अरुको विश्वासमा पर्दै बेचबिखनमा पर्छिन भन्ने उदाहरण प्रस्तुत गरको छ । गाउँले जीवनमा आफ्नी आमाले नचिनेको व्यक्तिबाट दिएको केही कुरा पनि खान हुन्न भनि दिएको शिक्षालाई बेवास्ता गरी शहरी जीवनमा मिठो र मसिनो खान पाईने अनि खाजाघर, रेष्टुरेन्ट, डान्सबार, मसाज, पार्लरमा मनोरञ्जन गर्न पाईने लोभमा अनाधिकृत ढङ्गले खोलिएका, एक थरी बोर्ड राख्ने तर व्यवसाय भने यौन धन्दा र दुरव्यवहार गरेको पाइएकोले जो कोहिलाई पनि प्रलोभनमा नपर्न र कुलतमा नफस्न आग्रह गरिएको छ ।

    संगत गुनाको फल भने झै मानिस असल संगतले असल मान्छे बन्छ र खराव र्सगतले जीवनमा बर्बाद हुन्छ त्यसैले अनाधिकृत ढङ्गले खोलिएका खाजाघर, रेष्टुरेन्ट, डान्सबार, मसाज, पार्लर, डिस्कोमा के कस्तो काम र कृयाकलाप हुन्छ भन्ने कुरामा परिवारको ध्यान नपुगेको र थाहा नभएको अनि आफ्नो छोरीहरुको साथी को हो , कस्तो छ , किन साथी बनिरहेको छ भन्ने कुरामा समयमानै ख्याल राख्न सबैमा आग्रह गरिएको छ । झिलिमिली र रमाइलो शहरमा धेरै पैसा कमाउन सकिने, सुनको सिक्रि र झुम्कानाको लोभ पुराहुने, नाइट क्लव र डान्सबारमा कुम जोडि जोडि नांच्न पाउने प्रलोभन बाड्न सक्छन् र त्यो प्रलोभनमा पर्दा मानव बेचबिखनको घट्नामा पर्न सकिन्छ त्यसैले आफ्नो रक्षा र उद्धारको लागि नेपाल प्रहरी, माइती नेपाल र अन्य सामाजिक संघसंस्थामा उद्धार र सहयोगको लागि सम्पर्क गर्न समेत अनुरोध छ ।

    आपराधिक मानसिकता भएका, गलत नियत बोकेका, ठगी र कमिसनमा पल्किएका जो काहि पनि कुनै पनि किसिमको हर्कत गर्न सक्छन् । स्वदेश र बिदेशमा हुन सक्ने आन्तरिक र बाह्य बेचबिखनबाट सतर्क रहन, चेली बेच्ने दलालहरुको पक्राउ गर्न, कानूनी कठाघरामा ल्याउन, कानूनी अपव्याख्या गर्दै अभियूक्तहरु छुट्ने र फेरी चेलीबेटी बेचबिखनमा संलग्न हुने हुनाले हदै सम्मको दण्डित गर्न गीतमार्फत सरकारको ध्यानाकार्षण गराउनु आफैमा म्यूजिक भिडियोको महत्वपूर्ण बिशेषता रहेको छ ।

    रबिन्द्र सापकोटा

    • आइतवार, पौष १ २०८००१:०७:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology