• सोमवार, श्रावण ११ गते २०८३

इलाम- २ मा वैशाख १५ मा उपचुनाव हुने

इलाम- २ मा वैशाख १५ मा उपचुनाव हुने

इलाम- २ मा वैशाख १५ मा उपचुनाव हुने

  • 27.2K
    SHARES

  • इलाम- २ मा वैशाख  १५ मा उपचुनाव  हुने

     इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

    यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

    यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

    सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

    सामाजिकपत्र

    • आइतवार, फाल्गुण १३ २०८००१:५१:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology