सेयर बजार खुलेको ७७ मिनेटमै ५ अर्बको कारोबार भएको छ । दिउँसो १२ : १७ बजे नै ५ अर्ब कारोबार रकम नाघेको हो ।
यतिबेलासम्म बजारको परिसूचक नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् ।बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् ।
१९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ । आखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेको छ ।