नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार कुल १० अर्ब ९७ करोडको कारोबार भयो। २ करोड ३३ लाख कित्ता बिक्रीपछि उक्त कारोबार भएको हो।
आज ६२ वटा सेयरको मूल्य बढ्दा १७४ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। लगातार नकारात्मक सर्किट लागेको समाज लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लागेको छ।
कुल कारोबारमध्ये आज ९६ करोडको कारोबार हिमालयन रिइन्स्योरेन्सको नाममा हुँदा नेपाल पुनर्बीमाको पनि ९० करोडको कारोबार भएको छ।
त्यसैगरी सगरमाथा जलविद्युत्को ३० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २९ करोड र घलेम्दीहाइड्रोको २७ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।