• आइतवार, आश्विन ४ गते २०८३

युवराज खतिवडा बिदा भए, तर शेयर बजार किन बढेन ?

युवराज खतिवडा बिदा भए, तर शेयर बजार किन बढेन ?

युवराज खतिवडा बिदा भए, तर शेयर बजार किन बढेन ?

  • 11.6K
    SHARES

  • युवराज खतिवडा बिदा भए, तर शेयर बजार किन बढेन ?

    आइतबार सेयरको प्रभातकालीन कारोबार (प्रि ओपन सेसन) मा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो।

    नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो क्षति पुगेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विनय बञ्जाराले लेखेका छन्।

    अर्थमन्त्री डा.युवराज खतिवडाले गत शुक्रबार राजीनामा दिएपछि सामाजिक सञ्जालमा सेयर बजारले ‘नयाँ ऐतिहासिक उचाइ चुम्ने’ हल्ला पिटिएको थियो।

    कार्यकालको सुरुदेखि नै ‘सेयर बजार विरोधी’को आरोप खेपिरहेका खतिवडाको बहिर्गमनपछिको सेयर बजारलाई धेरैले चासोसाथ प्रतीक्षा गरेका थिए। तर, अधिकांशको अनुमानविपरीत बजार ओरालो लागेपछि धेरैलाई यो घटनाले बिलखबन्दमा पार्‍यो।

    प्रातः कालीन बजारमा जुर्मुराएका लगानीकर्ताको आशा १५ मिनेट पनि टिकेन। उल्टै ठूला लगानीकर्ताले नियमित कारोबार सञ्चालनपूर्व हुने यस्तो खरिदबिक्रीको लाभ हानिबारे बहस गर्नुपर्ने बताउन थाले।

    सेयर बजारमा संस्थागत लगानी गर्ने पायोनियर कम्पनी हाथ्वे इन्भेस्टमेन्टका सञ्चालक एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘कतै यही सुविधाले बजारलाई गलत गाइड (दिशानिर्देश) त गर्दै छैन?’

    ठूला राजनीतिक, आर्थिक एवम् प्राकृतिक घटनाहरूले सेयर बजारलाई अस्वाभाविक प्रभाव नपारोस् भनेर नेप्सेमा सुरुदेखि नै ‘प्रि ओपन सेसन’ प्रयोगमा ल्याइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्।

    यस्तो व्यापार प्रणालीअनुसार बजार खुल्ने हरेक दिन बिहान १०ः ३० देखि १०ः ४५ सम्म प्राप्त भएका सबै खरिद तथा बिक्री आदेशहरू एकै पटक कारोबार गराइन्छ।

    यसले त्यस दिनको प्रारम्भिक सूचक निर्धारणमा पनि सघाउ पुग्ने पराजुली बताउँछन्। नियमित कारोबारमा कुनै पनि सेयरको भाउ अन्तिम मूल्यमा २ प्रतिशत तलमाथि गर्न पाइने भए पनि प्रातः कालीन कारोबारमा ५ प्रतिशतसम्म थपघट गरेर किनबेच गर्न पाइन्छ। आइतबार बिहानको उच्च वृद्धिको कारण त्यही हो।

    धेरै साधारण लगानीकर्ताको अनुमानविपरीत आइतबार बजार नबढ्नुमा केही ठूला लगानीकर्ताको चतुर्‍याइँले काम गरेको बजार विश्लेषकहरू बताउँछन्। उनीहरूले सामाजिक सञ्जालमार्फत बजार उकालो लाग्ने हल्ला गरेर आफ्नो सेयर भने बेच्न थालेपछि यस्तो अवस्था आएको हो।

    साधारण लगानीकर्ता बजार बढ्ने आशामा सेयर किन्न झुम्मिए पछि सस्तोमा सेयर किनेर बसेका टाठाबाठाले बेच्न थालेका छन्। यसले धेरैलाई आश्चर्यमा पार्नेगरी बजार ओरालो लागेको छ।

    पछिल्लो एक महिनामा नेप्से १३५ अंक बढेको छ। अढाइ महिनाअघि नेप्से ११८० अंकतिर थियो। त्यसयता ३३० अंकको उच्च बजार बढ्दा ठूला लगानीकर्ताले ठूलो पुँजीगत लाभ आर्जन गरिसकेका थिए।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology