कपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादीलाई आफूहरूले घुस खान सिकाएको बताएका छन् । बाबुराम भट्टराईको पुस्तक विमोचन कार्यक्रममा बोल्दै राष्ट्रिय राजनीतिमा धेरैपछि आएको माओवादीलाई घुस खान आफूहरूले सिकाएको बताएका हुन् ।
उनले भने, ‘सम्भवतः १०–१५ वर्ष राम्रो र बलियो सरकारले शासन गरेमा रोजगारी र गरिबी लगायतका समस्या समाधान हुन सक्छ ।’ उनले राम्रो सरकार भन्नाले घुस खाने नेताहरू नभएको पार्टीको शासनलाई बुझ्नुपर्ने व्याख्या समेत गरे । भुसालले राजाले परम्पराका आधारमा घुस खान सिकेको हुनसक्ने समेत आकलन गरे ।
यसपछि नेपाली कांग्रेसले संस्थागत रुपमा राजासँग घुस खान सिकेको भुसालको भनाई छ । यस्तै नेकपा एमालेले कांग्रेससँगको संगतबाट घुस खान सिकेको उनको तर्क छ । ‘हामी एमाले बनेर कांग्रेससँग घुस खान सिक्यौँ,’ भुसालले भने, ‘हामी दुइटै मिलेर माओवादीलाई घुस खान सिकायौँ भन्ने लाग्छ ।’