बागमतीका मुख्यमन्त्री ले राजीनामा दिएका छन् । प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् ।
२४ असारमा सता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए ।
२५ पुस २०७९ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट दोस्रो कार्यकालको पहिलो सरकारको नेतृत्व गरेका जम्कट्टेल १८ महिनामा सरकारबाट बाहिरिएका छन् ।